


भैरहवा,१७ असार। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेयले प्रदेश सभाको बैठकमा यसबारे जानकारी गराएका हुन्। यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि समर्थन फिर्ता लिइसकेको छ।

मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। तर, प्रमुख विपक्षी माओवादी केन्द्रसहितका दलले बजेटलाई चरम असन्तुलित र असमावेशी भन्दै पुनर्लेखनको माग गर्दै विरोध जनाएका थिए।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनले लोसपा र जसपा नेपालका सांसदहरुको उपस्थिति भएकाले प्रतिपक्षीविहीन नभएकोले बैठक चलाइएको बताएका छन्।

