


झापा,२२असार। झापाको बुद्धशान्तिमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ सयपत्री टोलका ३९ वर्षीय रोशन जिमी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खेतमा रोपाइँ गर्नको लागि घरनजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा जिमीलाई करेन्ट लागेर घाइते भएका थिए।

घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

