


विराटनगर,२५असार। जिल्ला कारागार मोरङका एक जना बन्दीको मृत्यु भएको छ।
जबरजस्ती करणी मुद्दामा कारागारमा बन्दी रहेका विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पालको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख गौरव ढुंगेलले बताए।

पाललाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले ०८१ मंसिर ११ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। पालविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ।
शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि असार १२ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो।

