


बुटवल,३१असार। रुपन्देही प्रहरीले सुन चोरी घटनामा संग्लन आरोपमा बुटवलका तीन जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-७ का २३ वर्षीय बिष्णु थापा, वडा नं. १३ का २५ वर्षीय युसुक गुरुङ र वडा नं. ६ का २२ वर्षीय बिशाल तामाङ रहेको प्रहरीले जनाएको छ।
रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार गत असार २५ गते तिलोत्तमा नगरपालिका-३ जानकीनगर स्थित ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरु चोरी भएको थियो । सोही घटनाको अनुसन्धानको क्रममा आरोपीहरुलाई पक्राउ गरिएको हो।

आरोपीहरुको साथबाट कुच्चिएको अवस्थामा एक थान मंगलशुत्र बरामद भएको उनले बताए। पक्राउ परेका आरोपीहरुलाई हिरासतमा राखेर इलाका प्रहरी कार्यालय बुटवलले चोरी सम्बन्धीको कसुरमा अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

