
काठमाडौं, ७ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान काँग्रेस–एमाले संयुक्त सरकारले भ्रष्टाचार गर्नका लागि टेन्डर पाएको जस्तो व्यवहार गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको टिप्पणी गरे।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले वर्तमान सरकारका एक-दुई जना मात्र नभई दर्जनभन्दा बढी मन्त्रीहरुमाथि छानबिन गरिनुपर्ने माग गरे। पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न पनि गाह्रो भइसकेको उनको भनाइ थियो। उनले केही कर्मचारीलाई मात्र कारबाही गरेर भ्रष्टाचार नियन्त्रण गर्न नसकिने भन्दै राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
अध्यक्ष लिङ्देनले भिजिट भिसा प्रकरणमा दुई प्रमुख विपक्षी दलहरु आन्दोलनमा रहँदा पनि सरकार गम्भीर नभएको भन्दै समस्या समाधानका लागि संवादमा अग्रसर हुन सरकारलाई आग्रह गरे।

