


भैरहवा, ९ साउन। गर्मी अत्याधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन दिन विद्यालयमा विदा दिएको छ ।
गर्मी बढेको कारण जनजीवन समेत नकरात्मक असर परी विद्यार्थीहरु विरामी हुन सक्ने समस्यालाई मध्यनजर गर्दै साउन ११ गते देखि १३ गते (आइतबार देखि मंगलबार) सम्म नगरका सबै विद्यालयहरुमा गर्मी विदा दिने निर्णय भएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

जारी सूचनामा भनिएको छ–‘संचालन भइरहेको कुनैपनि कक्षाको परीक्षा र अन्य राष्ट्रियस्तरका परिक्षाहरु संचालनमा कुनै बाधा पर्ने छैन।’
पालिकाले गर्मी विदाको सूचना जारी गरेको केही समय पश्चात भैरहवामा वर्षा सुरु भएको छ।

