
चितवन,१० साउन। चितवनमा केही क्षेत्रमा भोली (आइतबार) ६ घण्टा लोडसेडिङ हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै आइतबार ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ।
Advertisement

Advertisement
Advertisement

सूचना अनुसार नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरुमा लोडसेडिङ हुने भएको हो ।
भरतपुर १३२ र ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) र माग बढेर उक्त तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसक्ने अवस्था रहेको वितरण केन्द्रले जनाएको छ।
समस्या समाधान गरेर लोड व्यवस्थापन हुँदै जाँदा तोकिएको समय अगावै पनि बिजुली आउन सक्ने केन्द्रले जनाएको छ ।
कहाँ कतिबेला लोडसेडिङ ?
नारायणी–माडी फिडरहरु : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।
मेघौली–विजयनगर–शुक्रनगर फिडरहरु : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।
जगतपुर–रामपुर फिडरहरु : दिउँसो १२ः०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।

