
काठमाडौं,११ साउन। प्राइम बैंकले लामो समयदेखि निष्क्रिय रहेका र शून्य मौज्दात भएका (पैसा नभएका) खाताहरु बन्द गर्ने भएको छ।
हालै एक सार्वजनिक सूचना जारी गर्दै १० वर्षभन्दा बढी समयदेखि कुनै कारोबार नभएका र खातामा पैसा नभएका खाताहरु बन्द गर्ने बैंकले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

बैंकका अनुसार, यदि खाता १० वर्षसम्म सञ्चालनमा नआएको र त्यसमा कुनै मौज्दात नरहेको अवस्थामा मात्र यस्ता खाताहरु बन्द गरिनेछन्। यद्यपि त्यस्ता खाता पुनः सञ्चालनमा ल्याउन चाहेकमा खातावालहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र बैंकको जुनसुकै शाखा कार्यालय गएर सम्पर्क राख्न सक्नेछन्।
तोकिएको अवधिभित्र सम्पर्क नगरिएमा बैंकले त्यस्ता खाताहरुलाई बन्द गर्ने जनाएको छ।

