
काठमाडौं,१२ साउन। अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले नेपालमा निरन्तरता पाउने भएको छ।
अर्थ मन्त्रालयका अनुसार एमसीसीको गत ८ गतेको पत्र अनुसार नेपालमा सञ्चालित एमसीसीका कार्यक्रमले निरन्तरता पाउने भएको हो।
Advertisement

Advertisement
Advertisement

‘नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो’, अर्थमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सम्बन्धमा यही साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएको छ।’

