
भैरहवा, १७ साउन। लोकतान्त्रिक खेलकुद संघ रुपन्देहीको अध्यक्षमा कमल जीसी निर्वाचित भएका छन् ।
भैरहवामा आयोजित अधिवेशनबाट जीसीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । यसअघि रहेको तदर्थ समिति नै अधिवेशनबाट नयाँ कार्यसमितिमा निर्वाचित भएको संघले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

संघको उपाध्यक्षद्धयमा मुकेश कुँवर र खुश्बु चौंधरी, सचिवमा दीपक काफ्ले, कोषाध्यक्षमा प्रियबन्धु न्यौपाने र सह-सचिवमा अर्जुन कुँवर निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा मोतिकला गुरुङ, सरस्वती लामगादे, नारायण थापा, रमेश पन्त, कपिल गौतम, बुद्ध महर्जन, रामप्रसाद कहार, संदेश पोखरेल, बिकास नारायण श्रेष्ठ, निरज नारायण श्रेष्ठ र प्रभात गुरुङ निर्वाचित भएका छन्।
संघका अध्यक्ष जीसीले नयाँ समितिले रुपन्देही जिल्लाभर खेलकुद गतिविधि बढाउने र भैरहवामा हराएका पुराना प्रतियोगिताहरुलाई पुनरुत्थान गर्ने बताए।
‘समितिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा भाग लिइसकेका खेलाडीहरु हुनुहुन्छ’, उनले भने, ‘उहाँहरुको सम्मानका लागि भए पनि हामीले खेल प्रतियोगितालाई जोड दिनेछौँ।’
कार्यक्रमका प्रमुख अतिथि तरुण दल जिल्ला सभापति तथा सिद्धार्थनगर नगरपालिका–१३, का वडाक्ष्यक्ष सोमबहादुर गुरुङले संघको उत्कृष्ट कार्यसमिति चयन भएको उल्लेख गर्दै आगामी दिनमा खेल गतिविधि मार्फत युवाहरुलाई एकजुट गरेर अगाडि बढ्नेमा विश्वास व्यक्त गरे ।
अधिवेशमा नेपाली कांग्रेस नगरसभापति कोशिसबहादुर खड्काले आफू ३० वर्षभन्दा लामो समयदेखि खेलमा आवद्ध रहेर अगाडि बढिरहेको जनाउँदैं आगामी दिनमा लोकतान्त्रि खेलकुद संघसित सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
उनले जिल्लामा ख्यातीप्राप्त खेलाडीको सहभागितामा कार्यसमिति गठन भएको जनाउँदै आउँदा दिनमा पार्टी र खेलप्रति केन्द्रित हुन आग्रह गरे। अधिवेशनका क्रममा दीपेन्द्र बुढापृतिले पदमात्र हाँसिल गरेर संघको बिकास नहुने जनाउँदैं आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन आग्रह गरे ।

