


पर्सा,१८ साउन। प्रहरीले श्रीमतीको हत्याको आरोपमा श्रीमनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहरका जितन माझी रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिवार साँझ वादविवादको क्रममा श्रीमान माझीले कुटपिट गर्दा श्रीमती अस्पतलिया देवीको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले श्रीमान माझीलाई नियन्त्रणमा राखेर घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ।
कमेन्ट गर्नुस्

