
काठमाडौं,१९साउन। उच्च अदालत पाटनले बैंकिङ कसूरसहितको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश गरेपछि उनी राति रिहा भएका छन्।
तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि फरार रहेका उनी पक्राउ परेका थिए। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईँलाई २८ लाख धरौटीमा छाड्न आदेश गरेपछि उनी धरौटी बुझाएर रिहा भएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘घटना विवरण कागज गर्ने व्यक्तिहरुले गरेको कागज, सह(प्रतिवादीहरुले अनुसन्धानमा गरेको बयान, छानबिन समितिको प्रतिवेदन बेहोरा समेतलाई मध्यनजर गरी मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गा प्रसाद प्रसाई निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेश गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी दुर्गा प्रसाद प्रसाईबाट रु.२५,००,०००।-(अक्षेरुपी पच्चिस लाख रुपैयाँ) नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नुहोला’, आदेशमा भनिएको छ।
त्यस्तै बैंकिङ कसूर मुद्दामा प्रसाईंसँग थप ३ लाख धरौटी माग गरिएको हो।

