Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » चौथो पटक थपियो बुटवल–नारायणघाट सडकखण्डको म्याद
    अर्थ

    चौथो पटक थपियो बुटवल–नारायणघाट सडकखण्डको म्याद

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ श्रावण २०, मंगलवार १२:५४ गते
    advertisement
    advertisement
    advertisement

    नवलपुर, २० साउन। पटक पटक म्याद थप्दै निर्माण भइरहेको बुटवल–नारायणघाट सडकखण्डको फेरी अन्तिम पटक भन्दै चौथो पटक म्याद थप गरिएको छ। उक्त सडकखण्ड समयमै निर्माण नहुँदा नागरिकहरुले वर्षौ देखि सास्ती खेप्नु परेको छ। पश्चिम नेपालको लाइफलाइनको रुपमा रहेको यो सडकखण्डको निर्माण कार्य अन्तिम पटक थपिएको म्यादमा सकिने बताइएको छ।

    चौथो पटक थपिएको एक वर्षको म्यादभित्र काम सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सडक विभाग अन्तर्गत एसियाली विकास बैंक (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए। उनका अनुसार पश्चिमखण्डमा २०८३ साउन ५ र पूर्वीखण्डमा साउन ७ सम्म म्याद थप भएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बुटवल–नारायणघाटको दुरी १ सय १३ किलोमिटर छ । बुटवलदेखि दाउन्नेसम्मको ४८ किमिलाई पश्चिम खण्ड र दाउन्ने-नारायणघाटको ६५ किमि दूरीलाई पूर्वी खण्डका रुपमा विभाजन गरेर निर्माणकार्य भइरहेको छ। यो सडकखण्डको तेस्रो पटकको म्याद ०८२ साउन ६ गते समाप्त भएको थियो।

    उनले सडकखण्डको पूर्वी र पश्चिमखण्ड दुवै गरी हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको बताए। सडकखण्डको निर्माण ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएसीसईसी–चाइना) ले पाएको छ। दाउन्ने खण्डमा कालोपत्रे सडक नटिक्ने समस्या देखिएकोले ढलान गर्ने विषयमा छलफल भइरहेको उनले बताए।

    दाउन्ने क्षेत्रमा धेरै कल्भर्ट बनाउनुपर्ने भएकाले कामले गति लिन नसकेको आयोजना कार्यालयको भनाई छ। ।

    नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड) कार्यालयका इन्जिनियर शिव खनालका अनुसार उक्त सडकखण्डको १४ किलोमिटर दाउन्ने क्षेत्रमा १ सय ३ वटा विभिन्न ठाउँमा कल्भर्ट बनाउनु पर्ने भएकोले सो क्षेत्रमा समस्या हुने गरेको छ।

    दाउन्नेको पनि बढी समस्या पूर्वी खण्डमै देखिएको उनले बताए । दाउन्नेदेखि नारायणगढसम्म पर्ने पूर्वीखण्डको कुल दूरी ६५ किलोमिटरमध्ये दाउन्ने खण्ड मात्र चार किलोमिटर छ। चार किलोमिटर क्षेत्रमा ३३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने उनको भनाइ छ । ६ वटा बने पनि अन्य निर्माणाधिन अवस्थामा छन् । कल्भर्ट बन्दै गर्ने र खोलाले बगाउँदै गर्दा निर्माणमा ढिलासुस्ती भएको आयोजना कार्यालयले बताएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    दाउन्ने बुटवल–नारायणघाट सडकखण्ड
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.