Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देहीमा संघीय लोकतान्त्रिक मोर्चाको ‘जनजागरण अभियान’
    राजनीति

    रुपन्देहीमा संघीय लोकतान्त्रिक मोर्चाको ‘जनजागरण अभियान’

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ श्रावण २०, मंगलवार २३:४२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २० साउन। संघीय लोकतान्त्रिक मोर्चाले बुधबार (भोली) रुपन्देहीमा ‘जनजागरण अभियान’ आयोजना गर्ने भएको छ।

    मोर्चाले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका अध्यक्ष तुल्सी प्रसाद चौधरीले बुधबार सियारी गाउँपालिका कार्यालयको सभाहलमा कार्यक्रम हुने जनाए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष लालवीर चौधरी, महासचिव गंगा चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, जनता समाजवादी पार्टी (जसपा), नेपालका महासचिव रामकुमार शर्मा, लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन्।

    लोसपा रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियारले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने र वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए।।

    मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाल र तराई–मधेश लोकतान्त्रिक पार्टी सम्मिलित छन् । मोर्चाले विभिन्न जिल्लामा विभिन्न दललाई कार्यक्रम संयोजनको जिम्मेवारी दिएको छ। जसअनुसार रुपन्देहीमा नागरिक उन्मुक्ति पार्टीले जिम्मेवारी पाएको छ।

    रुपन्देही-३ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै समेत कार्यक्रम आयोजना गरिएको छ। उपनिर्वाचनका लागि मोर्चाको तर्फबाट नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार हुने लगभग तय छ। जसका लागि जिल्लाबाट धनीराम चौधरी, डा.सरोजसिंह चौधरी, नन्दा चौधरीको नाम उम्मेदवारका लागि सिफारिस गरिएको पार्टीका रुपन्देही अध्यक्ष तुल्सी प्रसाद चौधरीले बताए। उनका अनुसार एक जना सम्भावित उम्मेदवार नाम गोप्य राखिएको छ।

    कार्यक्रमको संचालन नागरिक उन्मुक्ति पार्टीका आशिन गुरुङले गरेका थिए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नागरिक उन्मुक्ति पार्टी संघीय लोकतान्त्रिक मोर्चा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.