
काठमाडौं, २१साउन। नेपाल नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक गरिएको छ।
एनपिएलले अक्सनमा सहभागी रहने १ सय ५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो। अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम रजिष्ट्रेसनगराएका थिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो।
१ सय ५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन्।
श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन्। १ सय ५० जना खेलाडीले अन्तिम सूचीमा आफुलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ। ‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुनम गौतम छन्।
कुन श्रेणीमा कति खेलाडी आवश्यक ?
श्रेणी ‘ए’ – ४
श्रेणी ‘बी’ – २३
श्रेणी ‘सी’ – १०
जम्मा – ३७
न्युनतम र अधिकतम मुल्य
श्रेणी ‘ए’ न्यूनतम् १० लाख – अधिकतम १५ लाख
श्रेणी ‘बी’ न्यूनतम् ५ लाख – अधिकतम १० लाख
श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख

