


काठमाडौं, १ भदौ । गेस्ट हाउसमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत साउन २७ गते श्रीमतीलाई ‘घुम्न जाऊँ’ भनेर काठमाडौं महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा लगेर हत्या गरी बक्स पलङमुनि लुकाएर भोलीपल्ट श्रीमती हराएको विषयमा प्रहरी वृत्त महाराजगन्जमा निवेदन दिएका थिए ।

साउन ३० गते गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको शव बरामद भएको थियो।
त्यसपश्चात फरार रहेका काभ्रेको भुम्लुका सन्तोष सेन्चुरीलाई पर्सामा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

