


काठमाडौं,३ भदौ। प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई युएई (दुबई) बाट पक्राउ गरेर नेपाल ल्याएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ का कलबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।
एनसिबी अबुधावी युएईको समन्वयमा बस्नेतलाई युएईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरीले जनाएको छ । एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोलबाट उनीविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि ०८१ पुस ११ मा रेड नोटिस जारी भएको थियो।

दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।

