
काठमाडौं,३ भदौ। प्रहरीले जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको आरोपमा एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई नै पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एंव प्रवक्ता चक्रराज जोशीका अनुसार पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि गुरुङलाई पक्राउ गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

काठमाडौं जिल्ला अदालतबाट बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको उनले बताए ।
प्रहरी हिरासतमा रहेका इन्सपेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको उनको दाबी छ ।

