Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा संचालनमा आयो यसोदा फुड्सको ‘करेन्ट मार्ट’
    अर्थ

    भैरहवामा संचालनमा आयो यसोदा फुड्सको ‘करेन्ट मार्ट’

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ भाद्र ६, शुक्रबार १८:४२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,६ भदौ। यसोदा फुड्स प्रालिले भैरहवास्थित नयाँ सडकमा ‘करेन्ट मार्ट’ संचालनमा ल्याएको छ । उद्योगका उत्पादित ६० बढी परिकारहरु सर्वसाधरणलाई एउटै छानामुनी उपलब्ध गराउनका लागि प्रालिले ‘करेन्ट मार्ट’ संचालनमा ल्याएको हो।

    यसोदा फुड्सद्धारा उत्पादित परिकारहरु एउटै छानामुनी उपलब्ध हुने भैरहवामा यो तेस्रो मार्ट हो। यस अघि कम्पनीले बुटवल र काठमाडौंमा सबै परिकार एउटै छानामुनी उपलब्ध गराउँदै आएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    शुक्रवारदेखि संचालनमा ल्याइएको ‘करेन्ट मार्ट’ मा सर्वसाधरणहरुले उद्योगद्धारा उत्पादित करेन्ट ब्राण्ड अन्र्तगतका विभिन्न परिकारका तयारी चाउचाउ,मसाला, चिप्स लगायत सामग्री खरिद गर्न सक्ने यसोदा फुड्स प्रालिका निर्देशक ऋषि भण्डारीले बताए।

    ‘हामीले ‘करेन्ट मार्ट’ मा उद्योगद्धारा उत्पादित भान्सामा लाग्ने सबै ब्राण्डका परिकार राखेका छौँ’, उनले भने, ‘यहाँ सर्वसाधरणले इच्छा अनुसार कम्पनीको सामग्री खरिद गर्न सक्नेछन् ।’ भविष्यमा उद्योगद्धारा उत्पादित परिकारहरुको विभिन्न स्वाद समेत मार्टमै चखाउने समेत कम्पनीको योजना छ।

    करेन्ट मार्टको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले भैरहवाका करेन्ट पारखीहरुका लागि मार्टले सहजै विविध परिकार उपलब्ध गराउने उल्लेख गरे।

    उनले निजी क्षेत्रको लगानी र निरन्तरताले नै मुलुकको आर्थिक गतिविधि चलायमान बनेको बताउँदै रोजगार सिर्जना र अर्थतन्त्रमा यसको ठूलो भूमिका रहने बताए।

    हालसम्म करेन्टका उत्पादनहरु विश्वका २८ बढी मुलुकमा औपचारिक रुपमै निर्यात हुने गरेको र नेपाली रहेका अन्य देशहरुमा पनि उपहारको रुपमा लैजाने गरिएको कम्पनीका निर्देशक श्रवण बेरिवालले बताए।

    कम्पनीका सञ्चालक मधुसुदन घिमिरेले करेन्टका पारखीहरुलाई लक्षित गरी यस्ता मार्टहरु विभिन्न सहरहरुमा सञ्चालन गर्न लागिएको बताए। कम्पनीले तयारी चाउचाउ, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स तथा विभिन्न प्रकारका खाजाहरु (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    करेन्ट करेन्ट मार्ट यसोदा फुड्स
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.