


काठमाडौं,९ भदौ । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन भदौ ११ गते (बुधवार) लाई तोकिएको छ ।
सभामुख देवराज घिमिरेले राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन बुधबार तोकेको संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनको लागि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सम्माननीय सभामुखले मिति २०८२ साल भदौ ११ गते बुधबारको दिन तोक्नुभएको बेहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादित बनेका समिति सभापति रामहरी खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको हो।

