


काठमाडौ,११ भदौ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफै न्यायाधीश तोक्ने भएका छन् ।
प्रधान न्यायाधीश राउतले बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले वरिष्ठताका आधारमा नभई आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिए। यसअघि संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिँदै आएका थिए।

संवैधानिक इजलासमा पछिल्लो समय प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच राय बाझिन थालेपछि राउतले रोष्टरमा भएका मध्येबाट गोला प्रथा गरेर अन्य न्यायाधीशहरु तोक्ने अडान राख्दै आएका थिए । जसको विपक्षमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरु उभिएका थिए ।
राउतले पत्रकारहरुसँग भने, ‘मैले लिएको निर्णयमा सबै सहमत छन्।’

