


भैरहवा, १४ भदौ। रुपन्देहीको ओमसतिया गाउँपालिका-२ पडसरीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाको स्थापना दिवसको अवसरमा शनिवार सचेतन आमा समूहको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
पडसरीको रामजानकी मन्दिरको हलमा भएको कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समूहको उपाध्यक्ष सम्झना पाण्डेले बताईन्।

०५८ सालमा स्थापित भएको संस्थाले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको छ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको अध्यक्ष रामचन्द्र उपाध्यायले आमा समूहले समाजमा निकै उदाहरणीय कार्यहरु गर्दै आएको निरन्तर अघि बढ्न आग्रह गरे । उनले समूहले समाजसँगै मानवसेवा आश्रममा पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि ओमसतिया गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष सितल जिटीले गाउँपालिकाले पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बताउँदै समूहलाई स्थानीय निकायसँग समन्वय गर्दै सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गर्न आग्रह गरे। उनले सामाजिक कार्य वा विकासका लागि आफुले आवश्यक सहयोग गर्दै आएको र गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।
समूहको अध्यक्ष सिता सुवेदी न्यौपानेले संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र निरन्तरता दिदै जाने बताईन् ।

अध्यक्ष न्यौपानेको अध्यक्षता, वडाअध्यक्ष सितल जिटीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष रामचन्द्र उपाध्याय, रामजानकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फत्तुराम भण्डारी, समूहको पूर्व अध्यक्ष मिना भण्डारी, युथ क्लब अफ पडसरीका अध्यक्ष सुरेश मिश्रको सहभागिता थियो।
त्यस्तै समूहको उपाध्यक्ष मनिषा पाण्डे, सचिव बुद्धिमता वाग्ले, कोषाध्यक्ष कृष्णकुमारी लम्साल, सहसचिव नारायणी सुवेदी, सदस्य कमलादेवी क्षेत्री, पदमा श्रेष्ठ, सम्झना पाण्डे, शान्ति कार्की, मनु काफ्ले, हेमा काफ्ले, निर्मला वाग्ले, गोमा सुवेदी, मिना आचार्य, सिता आचार्य, कैलाशी हरिजन, पवित्रा रेग्मी, राधिका निरौल, विमला रेग्मी लगायतको उपस्थिती रहेको थियो।

यस्तै सचेतना आमा समूह र युथ क्लब अफ पडसरीले ओमसतिया गाउँपालिका कार्यालयको सहयोगमा हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम समेत गरेको थियो । समूहले प्रत्येक वर्ष तीज मिलन कार्यक्रम गर्दै आएको छ।
व्रतालु महिलाहरुलाई दही, फलफुल लगायत उपलब्ध गराउँदै तीज पर्वको शुभकामना आदानप्रदान गरिएको कार्यक्रम संयोजक एवं समूहको सदस्य कमलादेवी क्षेत्रीले बताइन् ।


