


काठमाडौं,१६ भदौ। नेपाल राष्ट्र बैंकले दसैं पर्वका लागि अगामी भदौ २९ गतेखदेखि सुकिला नोट उपलब्ध गराउने भएको छ। दसैंका लागि नयाँ नोट उपलब्ध गराउँदै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र उपलब्ध गराउन थालेको छ।
दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ।

दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने हो। सुकिला नोट सटही सम्बन्धी सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभागले भदौ २९ गतेबाट बैंकमार्फत सुकिला नोट वितरण गर्ने जानकारी गराएको हो।
सूचनामा भनिएको छ, ‘वि.सं. २०८२ को बडादसैंमा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणलगायत विभिन्न संघ/संस्थालाई भदौ २९ देखि असोज १० गतेसम्म बैकिङ्ग कारोबार समयमा सुकिला बैंक नोट सटही गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

