
अछाम,१६ भदौ। अछामका विभिन्नका स्थानमा ४६ वटा छाउगोठ भत्काइएको छ। महिनावारी भएको बेला त्रिपाल टाँगेर सुतेका अवस्थामा पहिरो खस्दा ढुंगा लागेर महिला र बालिकाको मृत्यु भएपछि जिल्लाका विभिन्न पालिकामा बनाइएको छाउगोठ भत्काइएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल बिनायक नगरपालिका क्षेत्रमा ३२ वटा, बान्निगडी जयगढ गाउँपालिका क्षेत्रमा ८ वटा, तुर्माखाद गाउँपालिका क्षेत्रमा ३ वटा र मंगलसेन नगरपालिका क्षेत्रमा ३ वटा छाउगोठ भत्काइएका हुन्।
Advertisement

Advertisement
Advertisement

स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, महिला समूहका प्रतिनिधिहरुको सहभागितामा छाउगोठ भत्काउने कार्य गरेको प्रहरीले जनाएको छ।

