


दाङ,२२भदौ। लुम्बिनी प्रदेश निजामती सेवा दिवसको आयोजना गरिएको १० किलोमिटर रोड रेसको उपाधी सामाजिक विकास मन्त्रालयका सचिव वसन्त प्रसाद कोइरालाले हात पारेका छन्।
राप्ती गाउँपालिका स्थित भित्री सडकमा राखिएको रोड रेस प्रतियोगितामा ४४ जनालाई पछि पार्दै कोइरालाले उपाधी हात पारेका हुन् ।

प्रतियोगितामा ४५ जना कर्मचारी सहभागी थिए।प्रमुख सचिव बावुराम अधिकारीसहित रोड रेसमा सहभागीहरु मध्ये अधिकांशले यात्रा पूरा गरेका थिए ।
रोड रेसमा दोस्रो स्थान स्वास्थ्य मन्त्रालयका कर्मचारी उमेश रावत, तेस्रो लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, चौथो आर्थिक मामिला तथा योजना मन्त्रालयका रञ्जित राउत, पाँचौं युवा तथा खेलकुद मन्त्रालयका गोपाल वली, छैठौं वन तथा वातावरण मन्त्रालयका निर्मल चौधरी, सातौं प्रदेश सभा सचिवालयका अशोककुमार घर्तिमगर, आठौं प्रदेश लेखा नियन्त्रण कार्यालयका सतेन्द्र राय, नवौं उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका लालबहादुर कुवर र दशौं स्थानमा प्रदेश सभा सचिवालयका किरणकुमार थारु बने ।
प्रदेशमा तीन दिन विविध कार्यक्रम गरेर निजामती सेवा दिवस मनाइएको छ । आइतबार झाँकी प्रदर्शन र मूल समारोह हुँदैछ ।

