
विराटनगर,२२ भदौ। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा दूधपानी खोलाले मोटरसाइकल बगाउँदा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।
बगाएको मोटरसाइकलमा सवार सर्लाही हरिवनका मनिष पाँचकोटी बेपत्ता भएका हुन्। उनकी श्रीमती सिलु खड्की घाइते भएकी छन्।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बागमती प्रदेश–०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल काठमाडौँबाट धनकुटातर्फ जाँदै गर्दा खोला तर्ने क्रममा मोटरसाइकलसहित दम्पतीहरुलाई बगाएको थियो ।
घाइते खड्कीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र बेपत्ताको पाँचकोटीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

