
काठमाडौं,२२ भदौ। देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरु प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ ।
जेनजी नेपाल नामको फेसबुक पेजबाट उक्त आह्वान गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’


