


काठमाडौं,२४ भदौ। मंगलबार प्रर्दशनकारीहरुले तोडफोड र आगजनी गर्न थालेपछि सेवा नै अवरुद्व हुने भएकोले यस्ता गतिविधि नगर्न एनसेलले आग्रह गरेको छ ।
‘मंगलबार यस कम्पनीको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरु प्रवेश गरेर तोडफोड भएको छ। दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरुलाई मर्का पर्ने सुनिश्चित छ। त्यसैले यस्ता अत्यावश्यक सेवा तथा सम्पत्ति माथि कुनै पनि क्षति नपुर्याइदिन हुन र अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सहयोग गर्नुहुन हामी सम्पूर्णमा अनुरोध गर्दछौं’, एनसेलले भनेको छ ।

यस्तै एनसेलले उपभोक्ताहरुलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताको गर्न भन्दै आजदेखि लागू हुने गरी अगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराउने जनाएको छ ।

