
भैरहवा,२७ भदौ। भैरहवा भन्सार कार्यालयले अत्यावश्यक सामग्रीहरु आयातका लागि सेवा सुचारु गरेको छ। मंगलबार प्रदर्शनकारीहरुले भन्सार कार्यालयमा आगजनी गरेका थिए ।
जिल्ला सुरक्षा समितिको निर्णयपछि खाना पकाउने ग्याँस, डिजेल, पेट्रोल, औषधि, तरकारी लगायतका सामग्री भित्रिएका छन्।
Advertisement

Advertisement
Advertisement

भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले विद्युत सेवा अवरुद्ध भए पनि नेपाल विद्युत प्राधिकरणको सहयोगमा आंशिक रुपमा कार्यालय सञ्चालन गरिएको भन्दै हाललाई सामान्य काउन्टरबाट अत्यावश्यक वस्तुहरुको जाँचपास भइरहेको बताए।
उनका अनुसार बिहीबार ४ वटा ग्यास बुलेट र २१ वटा फलफूल, तरकारी तथा खाद्यान्न बोकेका गाडीहरु भन्सार पास भएका छन्।
यसैबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गरेका छन्।

