
काठमाडौं,२९ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडेका छन् । उनले सामाजिक सञ्जाल मार्फत पार्टी छोडेको घोषणा गर्दै अब नागरिक उन्मुक्ति पार्टी नेपाल स्थापना गरेर अघि बढ्ने घोषणा गरेका छन् ।
‘मलाई साथ दिने साथीहरु जोडिनु होला हिजो मसँग जोडिएका साथीहरु जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरुलाई धेरै धेरै धन्यवाद’, उनले भनेका छन्।
Advertisement

Advertisement
Advertisement

नाउपा भित्र आफूलाई साथ दिनेहरुलाई पनि सँगै लिएर अगाडी बढ्ने उनले बताए ।
‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन। मेरो दामोदरसँग कुनै दुश्मनी छैन । तपाईँहरुलाई धेरै धेरै धन्यवाद तपाइहरुसँग मेरो कुनै दुस्मनी छैन’, उनले भनेका छन् ,‘मेरो दुस्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ।’
संसद्मा राजीनामा दिएकाहरु फेरि फिर्ता हुन जानेहरुसँग सम्झौता नहुने उनले स्पष्ट पारेका छन्। नयाँ दल नयाँ नयाँ भावना र राजनीतिक विचारलाई स्थापना गर्ने बताए ।
‘मैले नै नागरिक उन्मुक्ति पार्टीको गीत लेखेको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीका विधान लेखको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो’, उनले भनेका छन्, ‘तर व्यक्तिगत अहङ्कार र स्वइच्छालाई मैले जित्न सकिन ।’

