
सुर्खेत, ३ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई एक लाख घुससहित नियन्त्रणमा लिएको छ ।
विकास निर्माणको रकम भुक्तानीका लागि माग गरेको घुस लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो अख्तियारले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मंगलगढी चोकबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ।
कमेन्ट गर्नुस्

