


चितवन, ५ असोज । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने कार्य जारी गरिरहकेो छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाउने क्रममा निरन्तर रुपमा ढुंगा झरिरहेको भएपनि एकतर्फी सडक सञ्चालनमा ल्याउने प्रयासरत भइरहेको छ।

शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि आइतबार पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो ।
पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्। यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनले निःशुल्क खाना /खाजा उपलब्ध गराएको छ।

