
दाङ, ७ असोज । दाङमा संजीवनी शिक्षण अस्पताल संचालनमा आउने भएको छ । करिब ४ अर्ब लगानीमा निर्माण भएको अस्पताल दसैं पर्वपश्चात संचालनमा आउने अस्पताल प्रशासनले जनाएको छ । जसका लागि बडादसैंको पहिलो दिन घटस्थापनाको अवसरमा दाङको घोराही उपमहानगरपालिका-३, भानपुरस्थित ‘शुभसाइत कार्यक्रम’ गरिएको छ ।
अस्पताल संचालनमा आएसँगै दाङका साथै प्युठान, रोल्पा, पूर्व रुकुम, पश्चिम रुकुम, सल्यान जिल्लाका विरामीहरु लाभान्वित हुनुका साथै उपचार तथा विशिष्टिकृत सेवाका लागि रुपन्देही, बाँके, काठमाण्डौं धाउन नपर्ने विश्वास लिइएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

हाल ३०० शैय्याबाट संचालन आउने अस्पताल अगामी ३ वर्षमा ५०० शैय्यामा वृद्धि गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले बताए।
उनका अनुसार अस्पतालको सञ्चालनसँगै यस क्षेत्रका विरामीहरुले आइसियु, सिसियु, एनआइसियु, पिआइसियु, एमआइसियु सेवा प्राप्त गर्नेछ भने अस्पतालमा विशिष्टिकृत सेवाहरुः नसासम्बन्धी न्युरोलोजी, मुटुसम्बन्धी कार्डियोलजी, पिसाबसम्बन्धी युरोलोजी, मृगौलासम्बन्धी नेफ्रोलोजी, पेटसम्बन्धी ग्यास्ट्रोलोजी सेवा उपलब्ध हुनेछ ।
अस्पतालमा मृगौला बिरामीहरुका लागि डायलासिस, मुटुसम्बन्धी विरामीका लागि क्याथ ल्याबका साथै ५० शैय्याको आकस्मिक सेवा (इमर्जेन्सी सेवा) २४औं घण्टा सञ्चालनमा रहनेछ। यसका साथै ‘बी’श्रेणीका अत्याधुनिक प्रयोगशाला सेवाका साथै रेडियोलोजी अन्तर्गत एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, डिजीटल एक्सरे सेवा प्रदान गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत रोकाले बताए।
करिब ५ विघाको क्षेत्रफलमा तीन तल्ले नौ वटा भवनहरुबाट संचालनमा आउने अस्पतालको सञ्चालक समितिको अध्यक्ष युवा उधमी खुमा प्रसाद अर्याल रहेका छन् । उनी भैरहवास्थित यूनिभर्सल मेडिकल कलेज, नेपालगंज मेडिकल कलेज र गण्डकी मेडिकल कलेज, पोखरामा पनि साझेदार लगानीकर्ता हुन्।
अस्पताल संचालनसँगै प्रत्यक्ष रुपमा करिब ४ सय बढी रोजगारीको अवसर श्रृजना हुनेछ भने स्वास्थ्य सेवाका अतिरिक्त अगामी दिनमा मेडिकल शिक्षा अन्तर्गत एमबिबिएस, बिडिएस, ल्याब, फार्मेसी, हेल्थ एसिष्टेन्ट, स्टाफ नर्स लगायतको अध्यापन समेत हुने बताइएको छ ।
अस्पतालले ‘शुभसाइत कार्यक्रम’ को अवसरमा अस्पताल भेगका विरामीहरुलाई लक्षित गरि सोमबार ‘निःशुल्क स्वास्थ्य शिविर’ समेत सञ्चालनमा ल्याइएको अधिकृत रोकाले बताए। शिविरमा निःशुल्क चेकजाँच, ल्याब सेवा, इसिजी, भिडियो एक्सरे तथा औषधीहरु उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ ।

