Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » दाङमा संजीवनी शिक्षण अस्पतालको ‘शुभसाइत कार्यक्रम’
    फोकस लुम्बिनी

    दाङमा संजीवनी शिक्षण अस्पतालको ‘शुभसाइत कार्यक्रम’

    दसैं लग्त्तै संचालनमा आउने
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ आश्विन ७, मंगलवार १३:०९ गते
    advertisement
    advertisement
    advertisement

    दाङ, ७ असोज । दाङमा संजीवनी शिक्षण अस्पताल संचालनमा आउने भएको छ । करिब ४ अर्ब लगानीमा निर्माण भएको अस्पताल दसैं पर्वपश्चात संचालनमा आउने अस्पताल प्रशासनले जनाएको छ । जसका लागि बडादसैंको पहिलो दिन घटस्थापनाको अवसरमा दाङको घोराही उपमहानगरपालिका-३, भानपुरस्थित ‘शुभसाइत कार्यक्रम’ गरिएको छ ।

    अस्पताल संचालनमा आएसँगै दाङका साथै प्युठान, रोल्पा, पूर्व रुकुम, पश्चिम रुकुम, सल्यान जिल्लाका विरामीहरु लाभान्वित हुनुका साथै उपचार तथा विशिष्टिकृत सेवाका लागि रुपन्देही, बाँके, काठमाण्डौं धाउन नपर्ने विश्वास लिइएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    हाल ३०० शैय्याबाट संचालन आउने अस्पताल अगामी ३ वर्षमा ५०० शैय्यामा वृद्धि गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले बताए।

    उनका अनुसार अस्पतालको सञ्चालनसँगै यस क्षेत्रका विरामीहरुले आइसियु, सिसियु, एनआइसियु, पिआइसियु, एमआइसियु सेवा प्राप्त गर्नेछ भने अस्पतालमा विशिष्टिकृत सेवाहरुः नसासम्बन्धी न्युरोलोजी, मुटुसम्बन्धी कार्डियोलजी, पिसाबसम्बन्धी युरोलोजी, मृगौलासम्बन्धी नेफ्रोलोजी, पेटसम्बन्धी ग्यास्ट्रोलोजी सेवा उपलब्ध हुनेछ ।

    अस्पतालमा मृगौला बिरामीहरुका लागि डायलासिस, मुटुसम्बन्धी विरामीका लागि क्याथ ल्याबका साथै ५० शैय्याको आकस्मिक सेवा (इमर्जेन्सी सेवा) २४औं घण्टा सञ्चालनमा रहनेछ। यसका साथै ‘बी’श्रेणीका अत्याधुनिक प्रयोगशाला सेवाका साथै रेडियोलोजी अन्तर्गत एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, डिजीटल एक्सरे सेवा प्रदान गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत रोकाले बताए।

    करिब ५ विघाको क्षेत्रफलमा तीन तल्ले नौ वटा भवनहरुबाट संचालनमा आउने अस्पतालको सञ्चालक समितिको अध्यक्ष युवा उधमी खुमा प्रसाद अर्याल रहेका छन् । उनी भैरहवास्थित यूनिभर्सल मेडिकल कलेज, नेपालगंज मेडिकल कलेज र गण्डकी मेडिकल कलेज, पोखरामा पनि साझेदार लगानीकर्ता हुन्।

    अस्पताल संचालनसँगै प्रत्यक्ष रुपमा करिब ४ सय बढी रोजगारीको अवसर श्रृजना हुनेछ भने स्वास्थ्य सेवाका अतिरिक्त अगामी दिनमा मेडिकल शिक्षा अन्तर्गत एमबिबिएस, बिडिएस, ल्याब, फार्मेसी, हेल्थ एसिष्टेन्ट, स्टाफ नर्स लगायतको अध्यापन समेत हुने बताइएको छ ।

    अस्पतालले ‘शुभसाइत कार्यक्रम’ को अवसरमा अस्पताल भेगका विरामीहरुलाई लक्षित गरि सोमबार ‘निःशुल्क स्वास्थ्य शिविर’ समेत सञ्चालनमा ल्याइएको अधिकृत रोकाले बताए। शिविरमा निःशुल्क चेकजाँच, ल्याब सेवा, इसिजी, भिडियो एक्सरे तथा औषधीहरु उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    दाङ संजीवनी शिक्षण अस्पताल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.