


काठमाडौं,७ असोज। जेनजी आन्दोलनको क्रममा सुन्धारास्थित कारागारबाट फरार टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । फरार भएको दुई सातापछि उनी कारागारमा फर्किएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी पूर्पक्षका लागि थुना (कारागार) मा छन्।

आन्दोलनको नाममा देशभरबाट १४ हजार बढी कैदीबन्दी विभिन्न कारागारबाट फरार भएका थिए। जसपश्चात कारागार विभागले कैदीबन्दीहरुलाई फर्किनका लागि सूचना जारी गरेको थियो । जसपश्चात फरारमध्ये आधा संख्याको कैदीबन्दी कारागार फर्किएका छन् ।
कमेन्ट गर्नुस्

