
सुर्खेत, ७ असोज। पश्चिम रुकुमका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा यात्रुहरुको चाप बढी हुने स्थानमा सहायता कक्ष स्थापना गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक शैलेन्द्र कुमार मल्लका अनुसार मुसिकोट नगरपालिकाको खलङगा, सेरीगाउँ, शीतलपोखरी, साँख, छिनखेत र सोलाबाङ, सानीभेरी गाउँपालिकाको सिम्ली, चौरजहारी नगरपालिकाको बसपार्क, आठबिसकोट नगरपालिकाको राडी र त्रिवेणी गाउँपालिकाको झुल्नेटामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

जिल्लाभित्र चल्ने सवारी साधन र बाहिरबाट भित्रिने सवारी साधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि सहायता कक्षको स्थापना गरिएको उनले बताए ।
चाडपर्वको समयमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, यात्रु ठगिने, सामान हराउने, क्षमताभन्दा बढी यात्रु राख्ने लगायतका समस्या नहुन दिनका लागि सहायता कक्ष स्थापना गरिएको मल्लले जनाए।

