
काठमाडौं,१२ असोज। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईन उपभोग भएको बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ ।
प्राधिकरणले आइतबार सूचना जारी गर्दै यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरु खारेज गरिएको जानकारी दिदैं बक्यौता महसुल कार्तिक १७ गतेभित्र भुक्तानि गर्न आग्रह गरेको हो ।
Advertisement

Advertisement
Advertisement

‘२१ (एक्काइस) कार्यदिन अर्थात मिति २०८२–०७–१७ गतेभित्र भुक्तानी गर्न प्राधिकरण सञ्चालक समितिको मिति २०८२–०६–१० को निर्णयअनुसार सूचित गरिन्छ । मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने छ’ , सूचनामा भनिएको छ ।
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानी नगरे कारबाही गर्ने प्राधिकरणले जनाएको छ ।


