


उदयपुर,२१ असोज। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार भएका त्रियुगा नगरपालिका-८, शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीरबहादुर दनुवारको शव मंगलबार दिउँसो घरबाट करिब सय मिटर टाढा रहेको सिसौको रुखमा फेला परेको थियो।

सुनसरी जिल्ला अदालतको फैसला अनुसार २० वर्ष कैद सजाय पाएका दनुवार झुम्का कारागारमा कैद थिए। ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको बताए।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

