


बाँके,२२ असोज। जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका-५, उर्लिहवा का ३० वर्षीय प्रेम थारु रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित १८ वर्षीया किशोरीले उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले थारुलाई पक्राउ गरेको हो।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
कमेन्ट गर्नुस्

