


काठमाडौं,२२ असोज। नेपालको व्यवसायिक घराना चौधरी समूह (सीजी) ग्रुपले जेन जी आन्दोलनको क्रममा शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।
ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुक मार्फत आन्दोलनका क्रममा निजी निवास, कार्यालय, शोरुम र कारखानाहरुमा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएपनि आफुहरु दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेको बताएका छन्।

उनले आफुहरुले शहिद परिवारलाई सम्पर्क गरिरहेको र चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न पनि अनुरोध गरेको छन्।
उनले भनेका छन्, ‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ ।’

