
काठमाडौं,२८ असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्यले दैनिकजसो नयाँ रेर्कड कायम गरेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ८ हजार १०० रुपैयाँले बढेर २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुस्

