
भैरहवा, २९ असोज। रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पड्सरीस्थित भूमिदेव फर्निचर बजारले आफ्ना उत्पादनहरुमा ३५ प्रतिशतसम्म छुटको अफर ल्याएको छ।
प्रालिले पत्रकार सम्मेलनको आयोजना गरेर १५ औं वर्षमा कम्पनी प्रवेश र तिहारको अवसरमा ‘कम्पनीले भूमिदेव फर्निचर मेला’ सञ्चालन गरी उक्त अफर ल्याइएको जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

यो छुटको अफर असोज २७ देखि अगामी छठ पर्वसम्मका लागि रहेको भूमिदेव फर्निचर बजारका उत्पादन प्रबन्धक अभिषेक अर्यालले बताए। पडसरीमा मुख्य कार्यालय रहेको कम्पनीको देशका विभिन्न स्थानमा ८ वटा शाखा रहेको छ ।र, सबै शाखामा अफर लागु गरिएको बताइएको छ ।
उनले आगामी दिनहरुमा अझ नविन डिजाइन, वातावरणमैत्री उत्पादन र आधुनिक प्रविधिको प्रयोगद्वारा सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको बताए।
०६७ सालमा भैरहवाबाट उत्पादन गरी व्यवसायिक कारोबार सुरु गरेको कम्पनीको हाल लोकन्थली, भक्तपुर, बानेश्वर, काठमाडौं, इमाडोल, ललितपुर, झापा र पोखरामा शाखा कार्यालय स्थापना गरी व्यवसायिक कारोबार गर्दै आएको छ।
उक्त कम्पनीका २ हजार देखि ७ लाख रुपैयाँ मूल्यसम्मका विभिन्न फर्निचर उत्पादन सामाग्री छन्। सबै शाखामा बेड, डाइनिङ सेट, ड्रेसिङ टेवल, स्टडी टेबल लगायत घर तथा अपार्टमेन्टका लागि आवश्यक सम्पूर्ण फर्निचर मोड्युलर किचन तथा आकर्षक सोफासेटहरु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पारसमणि गैरेले बताए। भूमिदेव फर्निचर बजारबाट उत्पादित सम्पूर्ण उत्पादन सामग्रीमा १५ वर्षसम्मको वारेन्टी सुविधा उपलब्ध रहेको उनले जनाए ।
गाडीमा १ घण्टासम्मको दुरीका लागि निःशुल्क र लामो दुरीका लागि पनि डेलिभरीको व्यवस्था रहेको कम्पनीले जनाएको छ। उनका अनुसार गुणस्तर, विश्वास र दिगोपनमा अडिग रहँदै कम्पनीले ग्राहकहरुको आवश्यकता अनुरुप नयाँ सामानहरु प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
करिब १० करोड रुपैयाँको लगानीमा स्थापित कम्पनीले भियतनाम र भारतबाट कच्चा पदार्थ आयात गरी भैरहवा र लोकन्थलीमा उत्पादन गर्ने गरेको छ।

