
लुम्बिनी, २ कार्तिक । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको निधनसँगै उनले विकासका लागि चालेका कदमहरुले सार्थकता पाउन थालेको छ ।
नगरको विकासका एशियाली विकास बैक (एडिबी) को शहरी लचिलोपन र बसोबास योग्यता सुधार परियोजना अन्र्तगत नगरपालिका कार्यालयको प्रशासनिक भवन निर्माणका लागि नगरपालिकाको कार्यालय समेत र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको छ ।
Advertisement

Advertisement
Advertisement

लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यालयको आफ्नै प्रशासनिक भवन नहुँदा भाडा (बहाल) को भवनमा कार्यालय संचालन गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जसका लागि बहालबापत मासिक लाखौं रुपैयाँ खर्च हुने गरेको छ ।
भवन निर्माण पश्चात सेवाप्रवाहमा पनि सहजता र बहालमा हुने खर्च रकम नगर विकासमा खर्च गर्न सकिने कार्यालय विश्वास छ । ठेक्का अन्र्तगत भवनका साथै सडक, फुटपाथ समेत निर्माण हुने कार्यालयले जनाएको छ ।
नेपाल सरकार, एशियाली विकास बैंक र लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक प्राविधिक सहयोगमा निर्माण हुने प्रशासनिक भवनको ठेक्का ०८४ असोज २७ गतेसम्म सम्पन्न गर्ने गरी कन्टेक–बाबुल–एनबी जेभीले पाएको छ ।
कार्यालयको भवन वडा नं. ३ को लंकापुर र ठुला पडरियाको बीचमा तेलारनदीसँगको स्थानको निर्माण हुनेछ । जसको लागत २५ करोड ७० लाख बढी रुपैयाँ रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयले जनाएको छ ।
योजनालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागि सबैबाट सहयोग र निगरानी प्राप्त हुने कार्यालयले अपेक्षा राखेको छ ।

