Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा मंसिर ३ देखि लुम्बिनी महोत्सव
    अर्थ

    भैरहवामा मंसिर ३ देखि लुम्बिनी महोत्सव

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ कार्तिक १२, बुधबार १७:४५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १२ कार्तिक । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीले सातौँ लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) आयोजना गर्ने भएको छ ।

    ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजार प्रवर्द्धन गरी, स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ संगठनले महोत्सव आयोजना गर्न लागेको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    संगठनले कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आगामी मङ्सिर ३ गतेदेखि मङ्सिर २१ गतेसम्म अंचलपुरमा महोत्सव आयोजना गरिएको जानकारी गराएको छ।

    यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलो पटक भियतनामबाट ल्याइएको ‘जलपरी’ को नि:शुल्क प्रदर्शन रहने संगठनका अध्यक्ष सचिन रोक्काले बताए ।

    उनका अनुसार महोत्सवमा नि:शुल्क फिस टनेल, आइफेल टावरसहितको बाल उद्यान, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ। उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको उनको भनाई छ।

    ‘उद्योग र व्यापारको प्रोत्साहन गरी परनिर्भर अर्थतन्त्रलाई कम गर्ने, लुम्बिनी क्षेत्रका पर्यटकीयस्थलको विकास गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुने लक्ष्य राखेका छौँ’,उनले भने, ‘यसले उत्पादक र उपभोक्ताबीच समन्वय गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग गर्नेर कृषिलाई वैज्ञानिक तथा व्यवसायीकरण गर्न सहयोग पुर्‍याउने छ।’

    उनले महोत्सवले रुपन्देही जिल्लाका कृषि उपज तथा हस्तकला सामग्रीको प्रदर्शनी र बजार विस्तार गर्न, लुम्बिनी, देवदह, तिलौराकोट, रामग्रामलगायतका पर्यटकीयस्थलको प्रचारप्रसार गर्नेर रोजगारीको सिर्जनासमेत हुने बताए ।

    लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले यस क्षेत्रको प्रवद्र्धनका लागि संचारक्षेत्रले सधै सकरात्मक भुमिका खेलेको उल्लेख गर्दै महोत्सवको प्रवद्र्धनका लागि पनि संचार क्षेत्रबाट सहयोग रहने बताए ।

    संगठनको वरिष्ठ उपाध्यक्ष राम मिलन यादवका अनुसार महोत्सवमा २५० वटा स्टल रहनेछन्। करिब ३ लाख ५० हजारले अवलोकन गर्न महोत्सव सञ्चालन गर्न करिब १ करोड ३२ लाख खर्च हुने अनुमान छ।

    संगठनको महासचिव लक्ष्मी अधिकारीले संस्थामा दर्ता रही नविकरण भएका सम्पूर्ण साधारण सदस्य एवं आजीवन सदस्यहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताइन्।

    शारीरिक अशक्त (अपांग) तथा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क र अन्य सर्वसाधरणका लागि १५० रुपैयाँ टिकट शुल्क तय गरिएको आयोजकले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    उद्योग व्यापार संगठन लुम्बिनी महोत्सव
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.