
भैरहवा, १३ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा विद्युत् कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ ।
ट्रंक र डेडिकेटेड लाइनको विवादमा रुपन्देहीका उद्योगीहरुले आन्दोलनको घोषणा गरेका थिए । जसअनुसार बिहीवार प्राधिकरणको भैरहवा वितरण केन्द्र अगाडी धर्ना कार्यक्रमको आयोजना गरिएको थियो ।
Advertisement

Advertisement
Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले यो आन्दोलनलाई सांकेतिक रुपमा मात्र लिन जरुरी रहेको र २५ हजार श्रमिकहरुको रोजगारी गुम्दै गएको र गुमाउने नचाहेको बताएका थिए । ‘अतः यो कारणले…’ शब्दसहितको वाक्य पुरा गर्न नपाउँदै उनी ढल्न पुगे ।
उपचारका लागि क्रिमसन अस्पतालमा पुराइएकोमा उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए । मृतकको शव अस्पतालमा राखिएको छ ।

