


काठमाडौं,२० कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुई जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । यस्तै अख्तियारले एक निर्माण सेवा प्रालि उपर पनि मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार गलत लिखत तयार गरीरगराई सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।


कमेन्ट गर्नुस्

