


काठमाडौं,२० कार्तिक । अब स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय तहबाटै प्रदान गरिने भएको छ ।
आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै प्यान कार्डसहित कर सम्बन्धी सेवाहरु सम्बन्धित स्थानीय तहबाटै उपलब्ध गराइने व्यवस्था मिलाइएको जनाएको छ।

यसअघि करदाता सेवा कार्यालयहरुबाट मात्र प्यान कार्ड वितरण हुँदै आएको थियो। तर, हाल ती कार्यालयहरू खारेज गरिएका छन् ।
स्थानीय तहबाट सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएकाले सो अवधिमा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत प्रवाह गरिने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
त्यस्तै, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ । विभागले करदातासँग नजिक भएर प्रविधिमैत्री ढङ्गले सेवा प्रवाह गर्ने नीतिलाई अगाडि बढाएको जनाएको छ।
हेर्नुहोस् सूचना:


