


काठमाडौं,२३ कार्तिक। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सुकुम्बासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन्।
आइतबार काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईंले सुकुम्बासीलाई उठाउने नाममा पटकपटक दु:ख दिनुभन्दा राम्रो घर बनाइदिन आग्रह गरेका हुन् ।

उनले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर बनाइदिनुस् न, सरकारी जग्गा रहेछ त्यहाँ ।’
उनले काठमाडौं महानगरले बस्ती खाली गर्न आए प्रतिकार गर्न सुझाव दिए। आफूहरु सुकुम्बासीको साथमा रहेको भन्दै उनले सुकुम्बासीहरु एक भए कसैले हटाउन नसक्ने बताए।
प्रसाईंले बालेनलाई भने, ‘तपाईं एसी रुममा बस्नुहुन्छ, तपाईंको घर छ, तपाईं जमिन्दारको छोरो, इन्जिनियर पढ्नु भो, एसीमा बसेर दारु खानुहुन्छ तपाईं, अनि स्टाटस लेख्नुहन्छ, अनि फेरि डिलिट गर्नुहुन्छ । त्यो गर्दागर्दै अहिले तपाईं केही गर्न नसकेर तपाईंको जम्मा भत्काउने काम मात्रै भो । र, गरिबलाई लेखेट्ने काम मात्रै भो ।’
उनले सुकुम्बासी बस्ती उठाउनुभन्दा बालमन्दीर र पशुपतिमा रहेका अनाधिकृत संरचना हटाउन सुझाव दिए। राज्य नै आफूविरुद्ध लागेको उनको आरोप छ । उनले सुकुम्बासीलाई दलहरुले भोटको रुपमा मात्र प्रयोग गरेको भन्दै सजक हुन आग्रह गरे।

