
बुटवल, २५ कार्तिक। लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन्। त्यस्तै दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ताको तयारी छ ।
विभिन्न समितिका प्रतिवेदनहरु र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन्। लुम्बिनीमा गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो।

