
काठमाडौं ,१ मंसिर। साउदी अरेबियाको मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनामा ४२ जना भारतीय नागरिकहरुको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार भारतको हैदराबादका यात्रुहरुलाई मक्काबाट मदिना लैजाँदै गर्दा राति करिब १ः३० मुहरास नामक स्थानमा डिजेल ट्याङ्करसँग ठोक्किदा बसमा आगो लागेको थियो। दुर्घटनामा मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन् ।
Advertisement

Advertisement
Advertisement

प्रारम्भिक रिपोर्टहरुमा दाबी गरिए अनुसार, मृतक सबै भारतीय हुन्। अधिकांश हैदराबादबाट तीर्थयात्रामा थिए।
भारतको तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावासको लगातार सम्पर्कमा रहेको बताएको छ। राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरुलाई दूतावाससँग समन्वय गरेर पीडितहरुको पहिचान र अन्य औपचारिकताहरुमा सहयोग गर्न निर्देशन दिएका छन्।

