
काठमाडौं, १ मंसिर। सम्झौता गरेर निर्माण कार्य अलपत्र पारिएका २५ रुग्ण ठेक्का तोडिएको छ।
सडक डिभिजन काठमाडौं अन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सूचना जारी गर्दै तोकिएको समयभित्र निर्माण सम्पन्न नगर्ने २५ वटा निर्माण कम्पनीसँगको ठेक्का तोडिएको हो।
Advertisement

Advertisement
Advertisement

कार्यालय अन्तर्गत संचालित काठमाडौंका विभिन्न सडक निर्माण तथा मर्मतको लागि विभिन्न मितिमा निर्माण व्यवसायीहरुसँग ठेक्का सम्झौता भएको थियो।
तर, निर्माण व्यवसायीहरुले निर्धारित समयसिमा भित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको, सो पश्चात् समेत निर्माण व्यवसायीहरुलाई लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न पटक पटक अनुरोध गर्दा समेत निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण ठेक्का तोडेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कार्य सम्पन्न गर्न सक्ने अपडेट वर्कसिट तालिका र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित उपस्थित भई कार्य सुचारु गर्न निर्माण व्यवसायीहरुले तदारुकता नदेखाउँदा आफ्नो करारिय दायित्व पूरा नगरेको, साथै ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नभएको, लामो समयसम्म ठेक्का अलपत्र अवस्थामा कार्तिक ११ गते कार्यालयबाट ठेक्का किन नतोड्ने सम्बन्धी १५ दिने सूचना प्रकाशित गरी स्पष्टीकरण मागेको थियो ।
सम्बन्धित निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) समेतको आधारले कार्तिक ३० को निर्णयानुसार ठेक्का सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ।


